Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

बजेट अध्यादेशबाट ल्याए सडक आन्दोलन गर्ने एमालेको चेतावनी

बजेट अध्यादेशबाट ल्याए सडक आन्दोलन गर्ने एमालेको चेतावनी


  • 428
    Shares

    बजेट अध्यादेशबाट ल्याए सडक आन्दोलन गर्ने एमालेको चेतावनी

    काठमाडौं । नेकपा (एमाले) राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने शैली अलोकतान्त्रिक र असंसदीय भएको भन्दै आपत्ति जनाएका छन्। 

    बुधवार विपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले संसदलाई निष्क्रिय बनाएर अध्यादेशबाटै राजकाज चलाउने प्रयास गरेको भन्दै उनले आपत्ति जनाएका हुन् । नेता दंगालले सरकारले आगामी नीति तथा कार्यक्रम तथा बजेट पनि अध्यादेशबाटै ल्याउने हो भने संसद्को औचित्य समाप्त हुने चेतावनी पनि दिएका छन् । 

    दंगालले यदि सरकारले नीति तथा कार्यक्रम र बजेटसमेत अध्यादेशमार्फत ल्याउने बाटो रोजे विपक्षी दलहरू सडक आन्दोलनमा जान बाध्य हुने बताएका छन्। त्यसपछि सदनको मुद्दा समाप्त हुने र संघर्षको केन्द्र सडक बन्ने उनको भनाइ छ । 

    उनले भने, ‘अध्यादेशबाटै शासन गर्ने, राजकाज गर्ने सरकारको जुन अलोकतान्त्रिक र असंसदीय तरिका छ यसप्रति हाम्रो घोर आपत्ति छ । हामी अब हेर्दै जान्छौँ भोलिको दिनमा बजेट निर्माण गर्नको लागि संसद आह्वान त गर्ने होला नि, नीति कार्यक्रम त बनाउने होला नि । नीति कार्यक्रम र बजेट पनि अध्यादेशबाटै ल्याउने हो भने त हाम्रो भन्नु केही छैन । त्यसपछि सदनको मुद्दा सकियो हामी सडकमा जानुपर्छ । तर हामीलाई विश्वास छ यो सरकारले नीति तथा कार्यक्रम त संसदबाटै ल्याउँछ होला । त्यतिबेला नै फैसला होला ।’  

    images
    प्रकाशित मिति :बैशाख १६ २०८३ बुधवार - १५:३६:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij