Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३ जनाबाट साढे ९ लाख ठगी, ३ जना पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३ जनाबाट साढे ९ लाख ठगी, ३ जना पक्राउ


  • 302
    Shares

    वैदेशिक रोजगारीमा  पठाइदिन्छु भन्दै ३ जनाबाट साढे ९ लाख ठगी, ३ जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा काठमाडौंबाट तीन जना पक्राउ परेका छन् ।

    दैलेखको नौमुले गाउँपालिका–८ का २९ वर्षीया ज्वालाकुमारी चन्द, कास्कीको पोखरा महानगरपालिका–१२ का ३९ वर्षीया भीमकुमारी गुरूङ र गोरखाको सिरानचोक गाउँपालिका–६ का ३७ वर्षीय भगवान्राज ठकुरीलाई मङ्गलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

    पक्राउ परेकामध्ये ज्वालाकुमारीले अजरबैजान पठाइदिन्छु भन्दै  एक जना पीडितबाट रु तीन लाख ३४ हजार, भीम कुमारीले हङकङ पठाइदिन्छु भनेर अर्का एक जना पीडितबाट रु पाँच लाख  र भगवान्राजले बेलायत पठाइदिने प्रलोभनमा एक रु लाख २० हजार ठगेका आरोप छ। 

    पीडितहरूको उजुरीको आधारमा  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। अभियुक्तहरूलाई कारबाहीको लागि ताहाचलस्थित वैदेशिक रोजगार विभाग पठाइएको छ। 

    images
    प्रकाशित मिति :बैशाख १६ २०८३ बुधवार - १४:३७:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij