Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

नेपाली काँग्रेससहितका विपक्षी दलहरूको बैठक शुरु, सरकारको कदमविरुद्ध साझा रणनीति बनाइँदै

नेपाली काँग्रेससहितका विपक्षी दलहरूको बैठक शुरु, सरकारको कदमविरुद्ध साझा रणनीति बनाइँदै


  • 666
    Shares

    नेपाली काँग्रेससहितका विपक्षी दलहरूको बैठक शुरु, सरकारको कदमविरुद्ध साझा रणनीति बनाइँदै

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक बुधवार सिंहदरबारमा शुरु भएको छ । सिंहदरबारस्थित नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा जारी सो बैठकमा पछिल्लो राजनीतिक अवस्था र सरकारका कामकारबाहीबारे छलफल भइरहेको हो ।

    सरकारले संसदलाई छलेर संवैधानिक परिषद् र सहकारी समस्यासँग सम्बन्धित विधेयक ल्याएपछि त्यसको विरोध र प्रतिवाद गर्न विपक्षी दलहरू एकजुट भएका हुन् । बैठकमा सरकारले संसद्को क्षेत्राधिकार मिचेको तथा लोकतान्त्रिक मूल्य–मान्यताविपरीत गतिविधि बढाएको विषयमा गम्भीर समीक्षा भइरहेको बताइएको छ । 

    बैठकमा सहभागी नेताहरूका अनुसार सुकुम्बासी बस्ती हटाउने लगायतका सरकारका पछिल्ला कदमहरूको विरोध गर्ने र जनसरोकारका मुद्दामा एकतावद्ध भएर अघि बढ्ने योजना तय गरिनेछ । सरकारका ‘गलत’ कामहरूको भण्डाफोर गर्न विपक्षी मोर्चालाई सशक्त बनाउने उद्देश्यले यो बैठक बोलाइएको हो । 

    बैठकमा नेपाली काँग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी लगायतका विपक्षी दलका शिर्ष नेताहरूको सहभागिता रहेको छ । विपक्षी दलहरूले सदन र सडक दुवै माध्यमबाट सरकारलाई दबाब दिने गरी साझा रणनीति तय गर्ने अपेक्षा गरिएको छ ।   

    images
    प्रकाशित मिति :बैशाख १६ २०८३ बुधवार - १३:१०:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij