२०८३ बैशाख १६ गते बुधवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कुनै पनि कागजातमा माननीय सम्बोधन नगर्न सांसदलाई निर्देशन दिएका छन्। बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएका अनौपचारिक छलफलमा सभापति लामिछानेले सांसदलाई निर्देशन दिएका हुन्।
उनले सबै सांसदको लेटर हेड र कार्ड लगायतको कागजातमा एक रूपता अपनाउन र आफ्नो कुनै कागजातमा माननीय सम्बोधन नगर्न निर्देशन दिएका छन्।
लामिछानेले सांसदलाई मेन्टर र सल्लाहकारको अभ्यास गर्न र सके जति सल्लाह र सुझाव लिन सुझाएका छन्। आगामी निर्वाचनमा उपयुक्त उम्मेदवार चयन र निर्वाचन पूर्व प्रशिक्षणको लागि वैशाख २० देखि ‘क्यान्डिडेट क्लब’को अभ्यास गर्न लागिएको उनले बताएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij