Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

माछापुच्छ्रे बैंकको नाफा ५०.४३ प्रतिशतले बढ्यो

माछापुच्छ्रे बैंकको नाफा ५०.४३ प्रतिशतले बढ्यो


  • 610
    Shares

    माछापुच्छ्रे बैंकको नाफा ५०.४३ प्रतिशतले बढ्यो

     काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चैत्र मसान्तसम्म खुद मुनाफा रकम ५०.४३ प्रतिशतले बृद्धि गरेको छ । गत आर्थिक बर्षको चैत्र मसान्तसम्म १ अर्ब १० करोड २६ लाख २७ हजार रुपैयाँ नाफा कमाएको बैंकले समीक्षा अवधिमा सो रकम बढाएर १ अर्ब ६५ करोड ८६ लाख ५९ हजार रुपैयाँ पुर्याएको हो ।  

    बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद मुनाफा, नेट फि तथा कमिसन आम्दानी, सञ्चालन मुनाफालगायतका अन्य सूचकहरूमा भएको बृद्धि र इम्पेयरमेन्ट चार्ज घटेसँगै बैंकको खुद नाफा बढेको हो ।

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.४७ प्रतिशतले बढेर ४ अर्ब ३९ करोड ८३ लाख ५० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको तेस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब २५ करोड ७ लाख ३७ हजार रहेको थियो ।

    यसैगरी, खुद फि तथा कमिशन आम्दानी २८.२३ प्रतिशतले बढेर १ अर्ब २१ करोड २८ लाख ५१ हजार रुपैयाँ पुगेको छ । 

    समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ९.९३ प्रतिशतले बढेर ६ अर्ब ९ करोड ३० लाख २१ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १६.६४ प्रतिशतले बढेर २ अर्ब ४० करोड १ लाख ९८ हजार रुपैयाँ पुगेको छ । 

    बैंकको मुनाफा घटबढमा महत्त्वपूर्ण भूमिका खेल्ने इम्पेरमेन्ट चार्ज ६७ करोड ३२ लाख ३२ हजार रुपैयाँ काउम भएको छ । गत आर्थिक बर्षको तेस्रो त्रैमाससम्म बैंकको यस्तो चार्ज ७१ करोड ५६ लाख ८४ हजार रुपैयाँ रहेको थियो । 

    समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ७६ करोड २२ लाख ७३ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा ७ करोड ७ लाख ४३ हजार रुपैयाँ रहेको वितरणयोग्य मुनाफामा यस बर्ष ९७७.५२ प्रतिशतले बढेको हो ।

    नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेर १८ रुपैयाँ ३० पैसा कायम भएको छ । 
     
    गत आर्थिक बर्षको चैत मसान्तसम्म १२ रुपैयाँ १६ पैसा रहेको प्रतिशेयर आम्दानी यस बर्ष बढेर ६ रुपैयाँ १४ पैसा पुगेको हो ।

    समीक्षा अवधिमा मूल्य आम्दानी अनुपात १३.७७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ १० पैसा पुगेको छ । गत आर्थिक बर्षको चैत मसान्तसम्म १५६ रुपैयाँ २० पैसा रहेको प्रतिशेयर नेटवर्थ यस बर्ष ११ रुपैयाँ ९० पैसाले बढेको हो । 

    यस अवधिमा बैंकको खराब कर्जा १.७६ प्रतिशतले घटेर १.२२ प्रतिशतमा झरेको छ । त्यस्तै, सिडी रेसियो ७७.६७ प्रतिशत कायम भएको छ भने बेस रेट ५.१९ प्रतिशत रहेको छ । 

    माछापुच्छ्रे बैंकले ३ अर्ब बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गरी चुक्ता पुँजी १५ अर्ब ८ करोड ६२ लाख ११ हजार पुर्याएको छ । 

    त्यस्तै, बैंकको जगेडा कोषमा ८ अर्ब २२ करोड रुपैयाँ सञ्चित छ भने कर्जा विस्तार र निक्षेप सङ्कलनमा समेत बृद्धि गरेको छ।

    बैंकले चैत मसान्तसम्ममा २ खर्ब १३ अर्ब ५६ करोड ३५ लाख २२ हजार रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ५९ अर्ब २१ करोड १२ लाख ३२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ।

    images
    प्रकाशित मिति :बैशाख १५ २०८३ मंगलवार - १६:२१:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij