Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

प्रोटोनको ‘सेल्स एण्ड एक्सचेन्ज एक्सिलेन्स’ योजना : पुरानो गाडी साटेर नयाँ किन्ने अवसर

प्रोटोनको ‘सेल्स एण्ड एक्सचेन्ज एक्सिलेन्स’ योजना : पुरानो गाडी साटेर नयाँ किन्ने अवसर


  • 1.3K
    Shares

    प्रोटोनको ‘सेल्स एण्ड एक्सचेन्ज एक्सिलेन्स’ योजना : पुरानो गाडी साटेर नयाँ किन्ने अवसर
    images

    काठमाडौं ।  जगदम्बा मोटर्सले प्रोटोन गाडीका लागि ‘सेल्स एण्ड एक्सचेन्ज एक्सिलेन्स’ योजना सार्वजनिक गरेको छ। यो योजना वैशाख १३ देखि १५ गतेसम्म नेपालभर रहेका सबै प्रोटोन शोरुमहरूमा सञ्चालन भइरहेको छ।

    यस योजनाअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो गाडी साटेर नयाँ प्रोटोन ई।मास सेबेन लगायतका विभिन्न मोडलहरू आकर्षक सुविधासहित खरिद गर्न सक्नेछन्। 

    कम्पनीका अनुसार ग्राहकले नगद छुट, पुरानो गाडीको उच्च एक्सचेन्ज मूल्य, १ वर्षको निःशुल्क बीमा, १ वर्षको रोड ट्याक्स, ७ किलोवाट चार्जर तथा ८ वर्षसम्मको वारेन्टी सुविधा पाउनेछन्।

    कम्पनीले ग्राहकलाई सहज, भरपर्दो र सुलभ मूल्ययुक्त सवारी खरिद अनुभव प्रदान गर्ने उद्देश्यले योजना ल्याएको जनाएको छ। साथै विद्युतीय सवारीप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै आधुनिक, सुरक्षित र वातावरणमैत्री सवारी प्रयोगमा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

    नेपालभरका प्रोटोन शोरुमहरूमा लागू हुने यस योजनाबाट ग्राहकहरूले सीमित अवधिसम्म विशेष लाभ लिन सक्ने कम्पनीले जनाएको छ। थप जानकारीका लागि नजिकैको शोरुममा सम्पर्क गर्न कम्पनीको आग्रह छ ।

    images
    प्रकाशित मिति :बैशाख १५ २०८३ मंगलवार - १२:४५:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij