Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

फेरि ३ लाख नाघ्यो सुनको भाउ, चाँदी कति ?

फेरि ३ लाख नाघ्यो सुनको भाउ, चाँदी कति ?


  • 1.5K
    Shares

    फेरि ३ लाख नाघ्यो सुनको भाउ, चाँदी कति ?
    images

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेर ३ लाख रुपैयाँ नाघेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

    आज १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार ६ सय ३० रुपैयाँ तोकिएको छ।

    साथै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। महासंघका अनुसार चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ५ हजार ४५ रुपैयाँ पुगेको छ। हिजो चाँदी प्रतितोला ४ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

    आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। 

    images
    प्रकाशित मिति :बैशाख १४ २०८३ सोमवार - १२:०३:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij