Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

कांग्रेस संसदीय दलको नेता चयनका लागि बैठक आह्वान

कांग्रेस संसदीय दलको नेता चयनका लागि बैठक आह्वान


  • 1.9K
    Shares

    कांग्रेस संसदीय दलको नेता चयनका लागि बैठक आह्वान
    images

    काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन पेचिलो बनिरहेका बेला केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ । बैठक सोमबार ११ बजेका लागि बोलाइएको हो । 

    उक्त बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी भएको  छ । 

    कार्यसम्पादन समितिको बैठक लगत्तै भोलि नै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाइएको छ। निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीले संसदीय दलको बैठकबाट दलको नेता चयनसम्बन्धी विषयलाई पारित गर्ने कार्यसूची रहेको बताएका छन् ।

     

    images
    प्रकाशित मिति :बैशाख १३ २०८३ आइतवार - १३:४४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij