Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

आज बढ्यो सुन चाँदीको मूल्य, प्रतितोला २ लाख ९९ हजार नाघ्यो

आज बढ्यो सुन चाँदीको मूल्य, प्रतितोला २ लाख ९९ हजार नाघ्यो


  • 561
    Shares

    आज बढ्यो सुन चाँदीको मूल्य, प्रतितोला २ लाख ९९ हजार नाघ्यो

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २७ सय रुपैयाँले बढेको हो।

    आज सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५६ हजार ५ सय १५ रुपैयाँ कायम भएको छ।

    साथै, आज चाँदी तोलामा ५० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ४ हजार ९९५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ८३ रुपैयाँ कायम गरिएको छ।

     

     

    images
    प्रकाशित मिति :बैशाख १३ २०८३ आइतवार - ११:२१:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij