Logo

२०८३ बैशाख ११ गते शुक्रवार

२०८३ बैशाख ११ गते शुक्रवार

राप्रपाबाट केन्द्रीय सदस्य रञ्जन कार्की बर्खास्त

राप्रपाबाट केन्द्रीय सदस्य रञ्जन कार्की बर्खास्त


  • 463
    Shares

    राप्रपाबाट केन्द्रीय सदस्य रञ्जन कार्की बर्खास्त

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय सदस्य रञ्जन कार्कीलाई पार्टीको सबै जिम्मेवारीबाट बर्खास्त गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधान बमोजिम कार्कीलाई केन्द्रीय सदस्य लगायतका सबै पदबाट मुक्त गर्ने निर्णय गरेका हुन् । 

    कार्कीले पार्टीको नीति र नेतृत्वका विरुद्ध सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा निरन्तर अफवाह फैलाएको र घृणित अभिव्यक्ति दिएकाले जिम्मेवारीबाट हटाइएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताएका छन् । 

    पार्टीको हितविपरीतका गतिविधिमा संलग्न भएको ठहर गर्दै उनलाई पदमुक्त गरिएको श्रेष्ठद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ।

    images
    प्रकाशित मिति :बैशाख ११ २०८३ शुक्रवार - १८:११:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij