२०८३ बैशाख ११ गते शुक्रवार
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ ।
केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा पार्टीको संसदीय दलको नेताको निर्वाचन, समसामयिक राजनीति लगायत विषयमा छलफल भइरहेको नेताहरूले जनाएका छन् ।
कांग्रेसले आजै संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु गरेको छ। निर्वाचन समितिले सार्वजनिक गरेको तालिका अनुसार आज अपराह्न ३ बजेदेखि उम्मेदवारी दर्ता र साँझ ५ बजेबाट मतदान हुने कार्यक्रम तय गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij