Logo

२०८३ बैशाख १० गते बिहिवार

२०८३ बैशाख १० गते बिहिवार

कुलमान र रेशमसँग पार्टी एकताबारे छलफल भइरहेको छ: अध्यक्ष हर्कराज राई

कुलमान र रेशमसँग पार्टी एकताबारे छलफल भइरहेको छ: अध्यक्ष हर्कराज राई


  • 288
    Shares

    कुलमान र रेशमसँग पार्टी एकताबारे छलफल भइरहेको छ: अध्यक्ष हर्कराज राई

    श्रम संस्कृति पार्टीले विभिन्न पार्टीसँग एकता गर्ने निर्णय गरेको छ।

    बिहीबार ललितपुरको नख्खिपोटस्थित किरात राई यायोख्याको भवनमा बसेको केन्द्रीय समितिको बैठकले सुदन किराती, कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र रेशम चौधरीको अगुवाइमा बनेको नागरिक उन्मुक्ति पार्टी नेपालसँग एकता गर्ने निर्णय गरेको हो।

    त्यसको लागि वार्ता थाल्न अध्यक्ष हर्कराज राई (साम्पाङ) लाई जिम्मेवारी दिएको एक पदाधिकारीले जानकारी दिए।

    अध्यक्ष साम्पाङले पार्टी एकताका लागि विभिन्न दलसँग संवाद भइरहेको ‘ब्रिफिङ’ गरेका थिए। ‘सुदन किरातीसँग छिट्टै एकता हुनेछ। उहाँको जिम्मेवारी टुंगो लगाउने काम अध्यक्षले गर्नुहुनेछ,’ ती पदाधिकारीले भने, ‘कुलमान घिसिङ र रेशम चौधरी पनि एकता गरेर जान सकिने अध्यक्षज्यूले बताउनुभएको छ। अब उहाँहरूसँग पनि वार्ता हुन्छ।’ 

    फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको चुनावका लागि गठन भएको श्रम संस्कृति पार्टीले सात सिट जितेको छ। कोसी प्रदेशमा बलियो प्रभाव देखाएको श्रम संस्कृतिले अब हुने स्थानीय र प्रदेश सभाको चुनावमा प्रभाव जमाउन सम्भावना भएका दलसँग मिल्ने रणनीति बनाएको हो।

    images
    प्रकाशित मिति :बैशाख १० २०८३ बिहिवार - २०:१९:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij