Logo

२०८३ बैशाख ९ गते बुधवार

२०८३ बैशाख ९ गते बुधवार

इरानद्वारा होर्मुजमा मालवाहक पानीजहाजमाथि आक्रमण, ‘ठूलो क्षति’को आकलन

इरानद्वारा होर्मुजमा मालवाहक पानीजहाजमाथि आक्रमण, ‘ठूलो क्षति’को आकलन


  • 470
    Shares

    इरानद्वारा होर्मुजमा मालवाहक पानीजहाजमाथि आक्रमण, ‘ठूलो क्षति’को आकलन

    काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सको नौसेनाले होर्मुज जलमार्गमा एउटा कन्टेनर पानीजहाजमाथि आक्रमण गरेको छ ।

    युके म्यारिटाइम ट्रेड अपरेसन  एजेन्सीले बुधबार रिपोर्ट गरेअनुसार, उक्त घटना ओमानको उत्तर–पूर्वतर्फ १५ नटिकल माइल (लगभग २८ किमि)को दूरीमा भएको हो ।

    युके म्यारिटाइम ट्रेड अपरेसनका अनुसार, इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सको  एउटा ‘गनबोट’ले उक्त जहाजमाथि आक्रमण गरेको र यसले ‘हाजको ब्रिज (कमान्ड सेन्टर)मा ठूलो क्षति पुर्‍याएको बताइएको छ । 

    चालक दलका सदस्यहरू सुरक्षित रहेका र त्यहाँ कुनै आगलागी वा वातावरणीय खतरा नभएको बताइएको छ ।युके म्यारिटाइम ट्राफिक अर्गनाइजेसनले बुधबार बिहानै होर्मुज जलमार्गनजिकै एउटा कन्टेनर जहाजमाथि इरानी ‘गनसिप’ले आक्रमण गरेको थियो ।

    सामुद्रिक प्राधिकरणले पनि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्ससँग सम्बन्धित एउटा गनबोट जहाजको नजिक आएको र यसले कुनै रेडियो चेतावनीबिनै जहाजमाथि गोलीबारी गरेको बताएको छ ।  

    images
    प्रकाशित मिति :बैशाख ९ २०८३ बुधवार - १२:५७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij