२०८३ बैशाख ९ गते बुधवार
काठमाडौं । ७७ औँ पार्टी स्थापना दिवसको सन्दर्भमा नेकपा एमालेले आज विशेष कार्यक्रम आयोजना गरेको छ । केन्द्रीय कार्यालय च्यासलमा २ बजेपछि हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने तयारी भएको पार्टीले जनाएको छ ।
केही दिन पहिला पित्तथैलीको शल्यक्रिया गरेर फर्किएका ओली अझै पूर्ण स्वस्थ भैसकेका छैनन् । सोही कारण पार्टी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन नहुने भन्ने मंगलबार दिउँसोसम्म निश्चित थिएन । तर ओलीले कार्यक्रममा सहभागी हुने चाहाना राखेपछि बुधबारको कार्यक्रममा सहभागी हुन लागेका हुन् ।
यसैबिच नेकपा एमालेले पार्टी स्थापना दिवसका अवसरमा केन्द्रीय कार्यालयमा हुने कार्यक्रमको दुई थरी निम्तो कार्ड बनाएको छ । एमालेको एउटा निम्तो कार्डमा एमालेको झण्डा, चुनाव चिह्न र नेकपाका संस्थापक नेताहरूको तस्बिर मात्र रहेको छ भने अर्कोमा त्यसबाहेक अध्यक्ष ओलीको समेत तस्बिर राखिएको छ ।
एमालेले विगत वर्षहरूमा स्थापना दिवस मनाउँदा कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याउने योद्धाहरूलाई सम्मान गर्दै आएपनि यसपटक त्यस्तो सम्मान कार्यक्रम नराखिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले जानकारी दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij