Logo

२०८३ बैशाख ९ गते बुधवार

२०८३ बैशाख ९ गते बुधवार

नेपाल लाइफको २५औँ वार्षिकोत्सव : बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशत छुट

नेपाल लाइफको २५औँ वार्षिकोत्सव : बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशत छुट


  • 477
    Shares

    नेपाल लाइफको २५औँ वार्षिकोत्सव : बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशत छुट

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको २५औँ वर्ष (रजत जयन्त) को अवसरमा बीमितहरूका लागि विशेष छुट योजना सार्वजनिक गरेको छ । कम्पनीले विभिन्न कारणले नवीकरण हुन नसकी ‘व्यतीत’ भएका बीमालेखहरूलाई पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो।

    कम्पनीले जारी गरेको ‘विशेष बीमा पुनर्जागरण योजना २०८२\०८३’ अन्तर्गत बीमितहरूले आगामी वैशाख ७ गतेदेखि जेठ ५ गतेसम्म यो सुविधा लिन सक्नेछन् ।  वर्तमान आर्थिक कठिनाइका कारण बीमा शुल्क बुझाउन नसकेका ग्राहकहरूलाई पुनः आर्थिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ।

    यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ग्राहकको हितलाई ध्यानमा राख्दै पहिलो पटक यति ठूलो छुट योजना ल्याइएको बताए ।  उनले यस ३० दिने अवधिको सदुपयोग गर्दै आफ्नो र परिवारको भविष्य सुरक्षित गर्न बीमितहरूलाई आग्रह गरेका छन् । 

    देशको करिब ३० प्रतिशत बजार हिस्सा ओगटेको नेपाल लाइफले ७७ वटै जिल्लामा रहेका आफ्ना शाखा सञ्जाल र ६९ हजारभन्दा बढी अभिकर्तामार्फत यो सेवा प्रदान गर्नेछ।

    images
    प्रकाशित मिति :बैशाख ८ २०८३ मंगलवार - ११:११:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij