Logo

२०८३ बैशाख ८ गते मंगलवार

२०८३ बैशाख ८ गते मंगलवार

नेपाल युएईसँग ६ विकेटले पराजित

नेपाल युएईसँग ६ विकेटले पराजित


  • 1.4K
    Shares

    नेपाल युएईसँग ६ विकेटले पराजित

    काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपाल युएईसँग पराजित भएको छ । नेपालविरुद्ध यूएई ६ विकेटले विजयी भएको हो । 

    सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएई डीएलएस प्रणालीबाट ६ विकेटले विजयी भएको हो । वर्षाका कारण खेल केही समय रोकिएको थियो ।

    नेपालले दिएको १२२ रनको लक्ष्यका लागि यूएईले १० ओभरमा ७८ रन बनाउनुपर्ने थियो । उक्त लक्ष्य यूएईले ८.५ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो । 

    यूएईका लागि कप्तान मुहम्मद वासिमले सर्वाधिक ३३ बनाए । अलिशान सराफुले १८ रनको योगदान दिएका थिए  कप्तान वासिमले १५ बलमा ती चौका र ६ छक्का प्रहार गरेका थिए । यस्तै, आकाशदिप नाथले १७ रन जोडे । 

    नेपालका लागि सन्दीप लामिछानेले तीन  र कुशल मल्लले एक विकेट लिए ।  त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा ८ विकेटको क्षतिमा १२२ रन बनाएको थियो । 

    नेपालका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ३२ रनको योगदान दिए । यस्तै,  कुशल मल्लले १७, ओपनर कुशल भुर्तेलले १६, बसिर अहमदले १४ रन जोडे । अर्जुन साउद र नन्दन यादवले समान १३ र सन्दीप जोराले ६ रन बनाएका थिए । 

    यूएईका लागि मुहम्मद जुहैबले सर्वाधिक तीन  विकेट लिए । यस्तै, जुनेद सिद्दिकीले दुई तथा हैदर अली र मुहम्मद अफ्रानले समान एक-एक विकेट लिए । दोस्रो खेल मंगलबार तय भएको छ । 

    images
    प्रकाशित मिति :बैशाख ७ २०८३ सोमवार - २१:४१:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij