२०८३ बैशाख ६ गते आइतवार
काठमाडौं । नेपाली कांग्रेसभित्र शेरबहादुर देउवा समूहको छलफलमा ४ नेताले नयाँ पार्टी गठन गरेर अगाडि बढ्नुपर्ने विषय उठाएका छन् ।
काठमाडौँको महाराजगन्जमा चलिरहेको छलफलमा धारणा राख्ने निवर्तमान केन्द्रीय सदस्यहरू कुन्दनराज काफ्ले, शिवप्रसाद हुमागाईं र गुरु बराल र सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले छुट्टै पार्टी गठन गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका हुन् ।
पार्टीभित्र सम्मानपूर्वक अगाडि बढ्ने अवस्था आएमा भने १५ औँ महाधिवेशनको तयारीमा लाग्नुपर्ने उनीहरूको भनाइ रहेको ती केन्द्रीय सदस्यले बताएका छन् ।
समूहले सर्वोच्चको फैसलालाई असहमति भए पनि स्वीकार्ने बताएको छ । फैसलामा लेखिएका केही विषयहरूमा आफूहरूको फरक मत भने कायमै रहेको समूहको भनाइ छ ।
सभापति गगन थापाले सर्वोच्च अदालतको निर्णयले पार्टीका सबैलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको सामाजिक सञ्जालमा लेखेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij