२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेसनल लाइफ इन्सुरेन्स र महुली लघुवित्त वित्तीय संस्थाको सेयर बिहीबार (जेठ १३ गते) देखि पुनः लिलामीमा ल्याएको छ ।
बैंकले नेसनल लाइफको ४१ हजार ८९६ कित्ता र महलीको ५६ हजार २७० कित्ता संस्थापक सेयर लिलामी लिलामीमा ल्याएको हो । यसअघि पटकपटक लिलामी बिक्री खृुला गर्दा पनि आवेदन नपरेपछि बिहीबारदेखि पुनः लिलामीमा ल्याएको हो ।
नेसनल लाइफको संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५१७ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ ।
यस्तै, एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय थापाथली काठमाडौं तथा यसका विराटनगर, वीरगंज, बुटवल, पोखरा, धनगढी र सुर्खेत शाखाबाट पनि आवेदन दिन पाउने व्यवस्था रहेको छ । न्यूनतम १०० देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
यता, महुलीको सेयरको न्यूनतम भाउ प्रतिकित्ता ७८३ तोकिएको छ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यनतम ५०० देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । दुवै सेयरमा जेठ ३१ गतेसम्म लिलामीको बोलपत्र पेश गर्न सकिनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij