२०८३ बैशाख ६ गते आइतवार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिमा दुई सदस्य मनोनित भएका छन्।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम मोरङका गोपाल दाहाल र कालिकोटका धनबहादुर बुढालाई समितिको रिक्त पदमा मनोनयन गरेका हुन्। मनोनित सदस्यहरू मध्ये दाहाललाई सचिवको जिम्मेवारी दिइएको छ भने बुढालाई सदस्यका रूपमा चयन गरिएको छ।
यस मनोनयनबारे राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन्। पार्टीभित्रको आन्तरिक अनुशासनलाई थप सुदृढ बनाउन र सांगठनिक संरचनालाई पूर्णता दिन यो मनोनयन गरिएको बताइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij