२०८३ बैशाख ६ गते आइतवार
काठमाडौं । आज नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको आफू पक्षीय केन्द्र सदस्यहरूको बैठक बस्दैछ ।
सर्वोच्च अदालतले शुक्रबार विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय समितिलाई आधिकारिकता दिने फैसला गरेपछि खड्काले आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन् ।
धुम्बाराहीस्थित स्मार्ट होटलमा निवर्तमान केन्द्रीय सदस्यहरूको बैठक बस्ने भएको हो । खड्काले शनिबार आफ्नो पक्षका निवर्तमान पदाधिकारीहरूसँग कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरेका थिए ।
त्यो छलफलपछि निवर्तमान केन्द्रीय समितिका सदस्यहरूको बैठक बोलाउने निष्कर्षमा खड्का पुगेका थिए । अहिले नेताहरू बैठकमा जाने क्रम जारी छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij