Logo

२०८३ बैशाख ४ गते शुक्रवार

२०८३ बैशाख ४ गते शुक्रवार

आज घट्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज घट्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?


  • 792
    Shares

    आज घट्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको हो ।

    महासंघले निर्धारण गरेको नयाँ मूल्यसूची अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको छ । 

    अघिल्लो दिन सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ५७ हजार ३० रुपैयाँ कायम गरिएको छ, जुन हिजो २ लाख ५९ हजार ६०० रुपैयाँ थियो ।

    साथै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार चाँदी आज तोलामा १२० रुपैयाँले घटेर ५ हजार १३० रुपैयाँमा कारोबार भइरहेको छ । 

    बिहीबार चाँदी प्रतितोला ५ हजार २५० रुपैयाँमा बिक्री भएको थियो । यस्तै, १० ग्राम चाँदीको मूल्य आज ४ हजार ३९८ रुपैयाँ तोकिएको छ ।  

     

    images
    प्रकाशित मिति :बैशाख ४ २०८३ शुक्रवार - ११:०७:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij