२०८३ बैशाख ४ गते शुक्रवार
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका सातै प्रदेशका संसदीय दलका नेता र पार्टीका तर्फबाट मुख्यमन्त्री रहेकाहरूको बैठक बोलाएको छ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले वैशाख ६ गते आइतबार प्रदेश संसदीय दलका नेता र मुख्यमन्त्रीहरूको बैठक बोलाइएको जानकारी दिएका छन्। बैठक कति बजे बस्ने भन्ने टुङ्गिन बाँकी रहेको उनले बताएका छन् ।
बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुने भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij