Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

सार्वजनिक लेखा समितिमा कांग्रेसले उम्मेदवारी दिने, चार जनाको नाम चर्चामा

सार्वजनिक लेखा समितिमा कांग्रेसले उम्मेदवारी दिने, चार जनाको नाम चर्चामा


  • 988
    Shares

    सार्वजनिक लेखा समितिमा कांग्रेसले उम्मेदवारी दिने, चार जनाको नाम चर्चामा
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दिने तयारी गरेको छ । कांग्रेस सांसद भीष्मराज आङदाम्बेले लेखा समितिमा उम्मेदवारी दिने निश्चित भइसकेको जानकारी दिएका छन् ।

    लेखा समितिमा भरत खड्का, मोहन आचार्य, योगेश शेरचन र जनकराज गिरीमध्ये एक जनालाई उम्मेदवार बनाइने आङदाम्बेले बताएका छन् ।

    सङ्घीय संसद् सचिवालयले दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरेको छ । मनोनयन दर्ता गर्ने स्थान सिंहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्ष निर्धारण गरिएको छ । दिउँसो साढे ४ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन गर्ने समय निर्धारण गरिएको छ । 

    गत चैत २७ गते प्रतिनिधि सभा बैठकमा विषयगत समितिमा रहने सदस्यहरूको नाम सभामुख डोलप्रसाद अर्यालले वाचन गरेका थिए तोकेका थिए ।

     

    प्रकाशित मिति :बैशाख ३ २०८३ बिहिवार - १३:०२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij