२०८३ बैशाख ४ गते शुक्रवार
काठमाडौं । मिड-साइज मोटरसाइकल सेग्मेन्टमा विश्वव्यापी रूपमा ख्याति कमाएको रोयल इनफिल्डले नेपाली बजारमा आफ्नो नयाँ मोडल २०२६ एडिसन गोवन क्लासिक ३५० सार्वजनिक गरेको छ ।
स्वतन्त्र र मुक्त जीवनशैलीलाई प्रतिनिधित्व गर्ने बोबर-इन्स्पायर्ड डिजाइनमा आधारित यो मोटरसाइकल नयाँ राइडर-केन्द्रित सुविधाहरूका साथ बजारमा ल्याइएको हो ।
नयाँ गोवन क्लासिक ३५० मा ३४९ सीसीको एयर-अयल कुल्ड सिंगल-सिलिन्डर इन्जिन जडान गरिएको छ । यस इन्जिनले ६,१०० आरपीएममा २०।२ बीएचपी पावर र ४,००० आरपीएममा २७ एनएम टर्क उत्पादन गर्ने क्षमता राख्दछ ।
कम्पनीका अनुसार यो इन्जिनलाई विशेष गरी लेड-ब्याक बोबर स्टाइलु अनुरूप ट्युन गरिएको छ, जसले सहरको व्यस्त सडकदेखि खुला राजमार्गसम्म अत्यन्तै स्मूथ र आरामदायी यात्राको अनुभव प्रदान गर्दछ । यसमा ५-स्पिड गियरबक्सका साथै नयाँ असिस्ट-एन्ड-स्लिपर क्लचु र अपग्रेड गरिएको यूएसबी टाइप=सीु चार्जिङ पोर्ट समेत उपलब्ध गराइएको छ ।
डिजाइनको कुरा गर्दा यस मोटरसाइकलले आफ्नो सिग्नेचर सिंगल–सिट बोबर स्टाइलिङलाई कायम राखेको छ । यसमा फ्लोटिङ राइडर सिट, ह्वाइटवाल एज-टाइप आल्मुनियम ट्युबलेस स्पोक ह्विल्स, चोपर-स्टाइल फेन्डर्स, स्ल्यास-कट एग्जस्ट र मिड-एप ह्यान्डल बारहरू रहेका छन्, जसले यसलाई प्रिमियम र बोल्ड लुक दिएका छन् ।
कम्पनीले यसको मूल्य रङ्ग अनुसार दुई समूहमा विभाजन गरेको छ । सैक ब्ल्याक र पर्पल हेज रङ्गको मूल्य ५ लाख ९८ हजार रुपैयाँ तोकिएको छ भने ट्रिप टिल र रेभ रेड भेरियन्टको मूल्य ६ लाख २ हजार रुपैयाँ कायम गरिएको छ ।
हालसालै कम्पनीले शहरी गतिशीलताका लागि फ्लाइङ फ्ली नामक इलेक्ट्रिक ब्रान्ड समेत घोषणा गरिसकेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij