Logo

२०८३ बैशाख ४ गते शुक्रवार

२०८३ बैशाख ४ गते शुक्रवार

अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज सार्वजनिक

अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज सार्वजनिक


  • 1.3K
    Shares

    अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज सार्वजनिक

    काठमाडौं । नेपालका लागि पोकोको आधिकारिक विक्रेता टेलिटकले नेपाली बजारमा आफ्नो बहुप्रतिक्षित पोको एक्स-८ सिरिज अन्तर्गत दुई स्मार्टफोन पोको एक्स-८ प्रो ५ जि र एक्स-८ प्रो म्याक्स ५जि सार्वजनिक गरेको छ। 

    पोको एक्स-८ प्रो ५जि मा फ्ल्यागसिप डाइमेनसिटी ८५००-अल्ट्रा प्रोसेसर छ, जसले उत्कृष्ट प्रदर्शनसँगै ब्याट्री पनि कम खपत गर्छ। यसमा ६५००mAhपावरको ठूलो ब्याट्री, १००Wहाइपरचार्ज र २७W रिभर्स चार्जिङ सुविधा उपलब्ध छ। यसमा ५०MPमुख्य क्यामेरा, ८MP अल्ट्रावाइड क्यामेरा र २०MP को फ्रन्ट क्यामेरा भएकाले तस्विर खिच्दा वा भिडियो बनाउँदा उत्कृष्ट अनुभवको महसुस गर्न सकिन्छ। 

    डिस्प्लेमा ६.५९ इन्चको १.५के रेजोलुसनसहित १२०Hz अल्ट्रा-ब्राइट एमोलेड स्क्रिन छ, जसमा उच्च ब्राइटनेस र डिमिङको फिचरसमेत उपलब्ध छ। यसबाहेक पोको एक्स-८ प्रो ५जि मा IP६८ को रेटिङको सुविधा भएकाले पानी र धुलोबाट बचाउनुका साथै लामो समयसम्म टिकाउ राख्न मद्दत गर्नेछ ।

    त्यस्तै पोको एक्स-८ प्रो म्याक्स ५जि मा फ्ल्यागसिप डाइमेनसिटी ९५००एस चिपसेट जडान गरिएको छ। यसमा ८५००mAh क्षमताको शक्तिशाली ब्याट्री, १००W हाइपरचार्ज, २७W रिभर्स चार्जिङको सुविधा भएकाले दुई दिनसम्म ब्याट्री टिक्न सक्ने कम्पनीको दाबी छ। यस स्मार्टफोनमा ६.८३ इन्चको १.५के १२०IP अल्ट्रा-ब्राइट एमोल्ड डिस्प्ले रहेकोछ। ५०MP मुख्य क्यामेरा, ८ःए अल्ट्रा-वाइड क्यामेरा र २०MP फ्रन्ट क्यामेरा रहेको छ। यसमा पनि IP६८ डस्ट तथा वाटर रेसिस्टेन्सको सुविधासँगै स्प्ल्याश, ड्रप, बेन्ड र प्रेसरबाट थप सुरक्षा प्रदान गर्दछ।

    टेलिटकका कार्यकारी निर्देशक प्रतीक जालानले भन्नुयभो, “पोको एक्स-८ सिरिज केवल गेम खेल्नेका लागि मात्र होइन, यो उनीहरूका लागि डिजाइन गरिएको हो जसले हरेक कुरामा उत्कृष्टता खोज्ने गर्छन्। यसमा रहेका असाधारण फिचरहरू फ्ल्यागसिप स्तरको प्रोसेसिङ पावर, आकर्षक डिस्प्ले, टिकाउसहितको डिजाइन, क्रिएटिभिटी र विश्वसनीयतालाई सन्तुलनमा राख्ने छ। यसमा डुअल(लेन्स क्यामेरा, डाइनामिक आरजीबी लाइटिङ र हाइपर एआईको सहयोगमा उच्चस्तरको तस्विर खिच्न सकिनेछ।”

    पोको एक्स-८ प्रो ५जि दुई भेरियन्टमा उपलब्ध छ। ८जीबीं२५६जीबी भेरियन्टको बजार मूल्य रु। ६३,९९९ तोकिएको छ र १२ं५१२ जीबीको मूल्य ७३,९९९ रहेको छ। यी दुवै भेरियन्टहरू कालो, हरियो र सेतो रङमा उपलब्ध छन्।

    त्यसैगरी,  एक्स-८ प्रो म्याक्स ५जि १२ं२५६जीबी को मूल्य ७९, ९९९ र १२ं५१२जीबीको मूल्य ८९,९९९ रुपैयाँ तोकिएको छ। यी दुवै भेरियन्टहरू निलो, कालो र सेतो रङमा उपलब्ध छन्। ग्राहकहरूको सुविधाका लागि पोकोले ९ महिनासम्मको इएमआई र १ वर्षको ब्रान्ड वारेन्टीको सुविधा दिइएको छ। यी दुवै स्मार्टफोनहरू टेलिटकका आधिकारिक शोरुम, देशभरका आउटलेट र दराजबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

    images
    प्रकाशित मिति :बैशाख २ २०८३ बुधवार - १६:२९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij