Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

आज सामान्य बढ्यो सुन चाँदीको भाउ

आज सामान्य बढ्यो सुन चाँदीको भाउ


  • 1.0K
    Shares

    आज सामान्य बढ्यो सुन चाँदीको भाउ

    काठमाडौं । साताको पहिलो कारोबा्रको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो।

    महासंघले सार्वजनिक गरेको नयाँ दरभाउ अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार १०० रुपैयाँ कायम गरिएको छ। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

    आज १० ग्राम सुनको मूल्य २ लाख ५४ हजार ७१५ रुपैयाँ तोकिएको छ । जुन शुक्रबार २ लाख ५४ हजार ५४५ रुपैयाँ रहेको थियो।

    साथै, सुनसँगै आज चाँदीको मूल्यमा पनि केही वृद्धि देखिएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर ४ हजार ९७५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम चाँदीको मूल्य ४ हजार २६५ रुपैयाँ कायम भएको छ।

     

     

     

     

    images
    प्रकाशित मिति :चैत्र २९ २०८२ आइतवार - ११:०५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij