Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

लागुपदार्थ सेवन गरी सवारी चलाउने दुईजना पक्राउ

लागुपदार्थ सेवन गरी सवारी चलाउने दुईजना पक्राउ


  • 575
    Shares

    लागुपदार्थ सेवन गरी सवारी चलाउने दुईजना पक्राउ

    काठमाडौं । काठमाडौंको बल्खुस्थित कुमारी क्लब नजिकै गरिएको विशेष चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने दुईजना चालक ट्राफिक प्रहरीको फन्दामा परेका छन्। पक्राउ पर्नेहरूमा यात्रुवाहक हाईस र ईभी माइक्रोबसका चालक रहेका छन्।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो र ट्राफिक प्रहरी प्रभाग बल्खुको संयुक्त टोलीले शनिबार यो कारबाही चलाएको हो। चेकजाँचका क्रममा नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूले लागुपदार्थ सेवन गरेको पुष्टि गरेको थियो। 

    संवेदनशील मानिने सार्वजनिक यातायातका चालकहरू नै नसामा लठ्ठिएर सवारी चलाएको भेटिएपछि प्रहरीले उनीहरूलाई तत्काल नियन्त्रणमा लिएको हो।

    पक्राउ परेका दुवै चालकलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ।

     

    images
    प्रकाशित मिति :चैत्र २९ २०८२ आइतवार - १०:४४:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij