Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

आज यी फलफुल तथा तरकारीको मूल्य घट्यो, कुनको भाउ कति ?

आज यी फलफुल तथा तरकारीको मूल्य घट्यो, कुनको भाउ कति ?


  • 792
    Shares

    आज यी फलफुल तथा तरकारीको मूल्य घट्यो, कुनको भाउ कति ?
    images

     काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

    कालीमाटीमा आज गोलभेँडा, काउली, भिन्डीसहतका केही तरकारीको मूल्य थोरै घटेको छ।  धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

    कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २२, रातो आलु १८, भारतीय आलु २१, भारतीय सुकेको प्याज ३६, तराईको गाँजर २५, लोकल बन्दा ३०, स्थानीय काउली ५३, लाम्चो भन्टा ५५, डल्ले भन्टा ७५, लोकल मुला १७ रुपैयाँ प्रतिकिलो छ। 

    त्यसैगरि तनेबोडी ११०, करेला १६०, लौका ५२, घिरौँला ८२, तराईको परबल ९५, हरियो डल्ले फर्सी ४३, पाकेको फर्सी ५५, भिन्डी ९५, कन्य च्याउ १६०, डल्ले च्याउ ३२४, सिताके च्याउ ९००, कुरिलो ३७५, न्यूरो ७५, ब्रोकाउली ६६ रुपैयाँ प्रतिकिलो छ। 

    कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २५, रातो आलु १८, भारतीय आलु २१, भारतीय सुकेको प्याज ३६, तराईको गाँजर २५, लोकल बन्दा २९, स्थानीय काउली ५५, लाम्चो भन्टा ५५, डल्ले भन्टा ७५, लोकल मुला १७ रुपैयाँ प्रतिकिलो थियो।  

    त्यसैगरि तनेबोडी ११३, करेला १५३, लौका ६१, घिरौँला ९०, तराईको परबल ९६, हरियो डल्ले फर्सी ३६, पाकेको फर्सी ५५, भिन्डी ११६, कन्य च्याउ १५२, डल्ले च्याउ ३३४, सिताके च्याउ ९००, कुरिलो ३६२, न्यूरो ७६, ब्रोकाउली ७३ रुपैयाँ प्रतिकिलो थियो।  

    हेर्नुहोस् तरकारी तथा फलफूलहरूको आजको मूल्यसूची

     

    images
    प्रकाशित मिति :चैत्र २३ २०८२ सोमवार - १०:२२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij