Logo

२०८२ चैत्र १७ गते मंगलवार

२०८२ चैत्र १७ गते मंगलवार

बढ्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

बढ्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?


  • 722
    Shares

    • images
    बढ्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुन चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ हजार ७ सय रुपैयाँले बढेको हो ।

    यससँगै आज सुनको मूल्य तोलामा २ लाख ९० हजार २ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।

    साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १४५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ४७ सय रुपैयाँमा कारोबार भएको थियो ।

    प्रकाशित मिति :चैत्र १७ २०८२ मंगलवार - ११:०९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij