२०८२ चैत्र १५ गते आइतवार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रवार प्रतितोला २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ८६ हजार रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।
साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेको महासंघले जनाएको छ । शुक्रवार प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ४ हजार ७२० रुपैयाँ कायम भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij