Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश


  • 610
    Shares

    • images
    सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले विविध कार्यक्रमहरूको आयोजना गरि मनाएको छ । 

    कम्पनीका संचालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च पदाधिकारीहरू लगाएतको सहभागितामा कम्पनीको प्रधान कार्यालय र देशभरिका क्षेत्रीय र प्रादेशिक कार्यालयहरूमा मानव जीवनको रक्षा गर्ने उदेश्यले नेपाल रेड क्रस सोसाईटिसंगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

    साथै काठमाडौं शान्तिनगर स्थित असहाय वृद्धबृद्धाहरुको लागि विशेष आश्रय प्रदान गरिरहेको नि:सहाय सेवा सदनमा आहार बिहार मार्फत सामाजिक उत्तरदायित्वको कार्यक्रमहरू आयोजना गरिएको छ ।

    कम्पनीले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ।

    हाल सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले देशभर १६८ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २४ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ। साथै, २२,००० भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन् ।

     

    प्रकाशित मिति :चैत्र ११ २०८२ बुधवार - १३:१०:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij