Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

न्युजिल्यान्डमा साम्बाको घुँडाको सफल शल्यक्रिया

न्युजिल्यान्डमा साम्बाको घुँडाको सफल शल्यक्रिया


  • 519
    Shares

    • images
    न्युजिल्यान्डमा साम्बाको घुँडाको सफल शल्यक्रिया

    काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया  सफल भएको छ। बुधबार बिहान न्युजिल्यान्डको अकल्यान्डमा उनको घुँडाको शल्यक्रिया सम्पन्न भएको हो। शल्यक्रिया सफल भएको जानकारी साम्बाले नै तस्बिरसहित सामाजिक सञ्जालमार्फत गराएकी हुन्।

    उनले लेखेकी छिन्, लामो प्रतिक्षापछि अन्तत: मेरो घुँडाको शल्यक्रिया भएको छ। बुधबार बिहान डाक्टर साइमन र उहाँको टोलीबाट न्युजिल्यान्डको अकल्यान्डमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको जानकारी गराउँदछु’, ‘खाडी क्षेत्रमा हाल अवस्था सामान्य नरहेकै कारण कतार र एस्पेटार पुग्न समस्या भएपछि त्यहाँकै सुझावअनुसार न्युजिल्यान्डमै उपलब्ध विशेषज्ञबाट मेरो शल्यक्रिया गरिएको छ। अब यहाँको डाक्टरकै निगरानीमा मेरो पुनर्स्थापनाको काम भोलिदेखि सुरु हुनेछ।’

    स्थिति सामान्य हुनेबितिक्कै रिह्याब एस्पेटारमा निरन्तरता दिने जानकारी पनि साम्बाले गराएकी छिन्। उनले यस पीडाको घडीमा साथ दिने वेलिंगटन र अकल्यान्डका नेपालीप्रति आभार प्रकट गरेकी छिन्। 

    ‘मेरो क्लब वेलिंगटन फिनिक्स र मेरो व्यवस्थापन टिमले दिनरात गरेर यो शल्यक्रियाको लागि समय मिलाउनुभएको छ’, साम्बाले लेखेकी छन्, ‘आम समर्थक जसले सधैँ मेरो लागि सहयोग र माया दिनुभयो, त्यसै ऊर्जा लिएर म पुनरागमनको यात्रामा अघि बढेको छु। यहाँहरू सबैलाई हृदयदेखि धन्यवाद। अब सम्पूर्ण ध्यान पुनरागमनमा।’

     

     

    प्रकाशित मिति :चैत्र ११ २०८२ बुधवार - १०:३८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij