२०८२ चैत्र ८ गते आइतवार
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि बस्दै छ।
शुक्रबारदेखि सुरू भएको केन्द्रीय कार्यसमिति बैठक इस्लाम धर्मावलम्बीहरूको पर्व इद उल फित्र परेकाले शनिबार बसेन। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान साढे ८ बजेदेखि जारी रहने कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
केन्द्रीय समिति बैठक उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बस्दै आएको छ। सभापति गगन थापाले राजीनामा बुझाएका छन्। बैठकमा उपसभापति शर्माले चुनावी समीक्षा प्रतिवेदन पेस गरेका थिए। त्यस्तै सभापतिबाट गगन थापाले दिएको राजीनामा पनि बैठकमा प्रस्तुत गरेका थिए।
चुनावी प्रतिवेदनमाथि शुक्रबार केन्द्रीय सदस्यहरू अर्जुनप्रसाद जोशी, भरतकुमार शाह, धना खतिवडा, सुधिरकुमार शिवाकोटी, सुवासकुमार पोखरेल, कमलप्रसाद भुसाल, जीतनारायण श्रेष्ठ, रमेशप्रसाद धमला, लीलादेवी बोखिम लिम्बू, भरतबहादुर खड्का, जनकराज गिरी, देवप्रसाद तिमिल्सिना, शम्भुबहादुर बुढाथोकी, टेकराज पौडेल, केशवराज शर्मा आचार्य, नारायणप्रसाद भट्टराई, डा. अमिता प्रधान, उमा शिवाकोटी, इन्दिरा कार्की, विश्वनाथ रिजाल, सुनिलकुमार यादव, प्रदेश सभापतिहरु— उद्धव थापा (कोशी) र अमरसिंह पुन (लुम्बिनी) ले आ—आफ्नो धारणा राखेका थिए।
बाँकी केन्द्रीय सदस्यहरूले आज बस्ने बैठकमा आफ्नो धारणा राख्नेछन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij