Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विपक्षी गठबन्धन भोलिमात्र अदालत जाने, सांसद संख्या १४९ नाघेको प्रचण्डको दावी

विपक्षी गठबन्धन भोलिमात्र अदालत जाने, सांसद संख्या १४९ नाघेको प्रचण्डको दावी


  • 7.8K
    Shares

    विपक्षी गठबन्धन भोलिमात्र अदालत जाने, सांसद संख्या १४९ नाघेको प्रचण्डको दावी

    काठमाडौं । विपक्षी गठबन्धनको तयारी नपुगेका कारण भोलिमात्र सर्वोच्च अदालतमा रिट लिएर जाने भएका छन् ।

    परमादेशमार्फत शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा जाने तयारीमा रहे पनि माधव नेपाल पक्षका सांसदहरूको हस्ताक्षर नजुटेको र अन्य तयारी पनि नपुगेकाले भोलि बिहान १० बजे अदालत जाने निर्णय भएको हो ।

    संसद भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयारी नपुगेका कारण भोलि बिहान आफूहरू भौतिक रूपमै अदालतमा उपस्थित भएर रिट दायर गर्ने बताए ।

    उनले माधव नेपाल पक्षका सांसद घटेको भन्ने कुरा गलत रहेको भन्दै १४९ बाट संख्या बढेको दावी गरे ।

    प्रकाशित मिति :जेठ ९ २०७८ आइतवार - १६:१५:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij