Logo

२०८२ चैत्र ६ गते शुक्रवार

२०८२ चैत्र ६ गते शुक्रवार

सुनको मूल्यमा भारी गिरावट, एकैदिन ७८०० रुपैयाँले घट्यो

सुनको मूल्यमा भारी गिरावट, एकैदिन ७८०० रुपैयाँले घट्यो


  • 526
    Shares

    • images
    सुनको मूल्यमा भारी गिरावट, एकैदिन ७८०० रुपैयाँले घट्यो

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। केही दिनयता घट्दो क्रममा रहेको छापावाल सुनको मूल्य आज पनि प्रतितोला ७ हजार ८०० रुपैयाँले घटेको हो।

    महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ४८५ रुपैयाँ कायम छ । 

    साथै, सुनसँगै चाँदीको मूल्यमा पनि आज ओरालो लागेको छ। बिहीबार प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज १ सय १५ रुपैयाँले घटेर ४ हजार ८९५ रुपैयाँ पुगेको छ। आज १० ग्राम चाँदीको मूल्य ४ हजार १९७ रुपैयाँ तोकिएको छ। 

     

    प्रकाशित मिति :चैत्र ६ २०८२ शुक्रवार - ११:०६:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij