Logo

२०८२ चैत्र ४ गते बुधवार

२०८२ चैत्र ४ गते बुधवार

सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?


  • 372
    Shares

    • images
    सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं ।  साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले घटेको हो।

    मंगलबार प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । १० ग्राम सुनको मूल्य २ लाख ६३ हजार ८ सय ५ रुपैयाँ कायम गरिएको छ।

    साथै, चाँदीको मूल्यमा पनि आज गिरावट आएको छ। मंगलबार प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८५ रुपैयाँले घटेर ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।    

    प्रकाशित मिति :चैत्र ४ २०८२ बुधवार - ११:१०:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij