Logo

२०८२ चैत्र ४ गते बुधवार

२०८२ चैत्र ४ गते बुधवार

गोलभेडा, आलु, काउली लगायतको भाउ बढ्यो, आज कुन तरकारी तथा फलफुलको मूल्य कति ?

गोलभेडा, आलु, काउली लगायतको भाउ बढ्यो, आज कुन तरकारी तथा फलफुलको मूल्य कति ?


  • 379
    Shares

    • images
    गोलभेडा, आलु, काउली लगायतको भाउ बढ्यो, आज कुन तरकारी तथा फलफुलको मूल्य कति ?

    काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज लोकल सानो गोलभेँडा, डल्लो भन्टा,  बरेला र हरियो धनियाँको भाउ प्रतिकेजी ४० रपैयाँ पुगेको छ भने भारतीय सानो गोलभेँडा प्रतिकेजी ६० रुपैयाँ, तराई सानो गोलभेँडा ५९ रुपैयाँ, रातो आलु १९ रुपैयाँ ३३ पैसा, नरिवल बन्दा २० रुपैयाँ, स्थानीय ज्यापु काउली ३५ रुपैयाँ, लोकल सेतो मूला १७ रुपैयाँ ५० पैसा, हाइब्रीड सेतो मूला २५ रुपैयाँ तोकिएको छ ।

    यसैगरी, तने बोडीको भाउ प्रतिकेजी १५५ रुपैयाँ, हाइब्रीडठ सिमी ३२ रुपैयाँ ५० पैसा, राजमा सिमी १०० रुपैयाँ, तितो करेला १५० रुपैयाँ, तराई परवर १३० रुपैयाँ, भिण्डी १३२ रुपैयाँ ५० पैसा, कन्य च्याउ २२५ रुपैयाँ, डल्ले च्याउ ३७५ रुपैयाँ, ब्रोकाउली ५० रुपैयाँ, सजिवन १५५ रुपैयाँ, गुन्द्रुक ३०० रुपैयाँ, केरा प्रतिदर्जन २१० रुपैयाँ, हरियो खुर्सानी १२५ रुपैयाँ, बुलेट हरियो खुर्सानी १२५ रुपैयाँ, हरियो धनियाँ ४५ रुपैयाँ र सुकेको चाइनिज लसुन २४५ रुपैयाँ पुगेको छ ।

    संकलित दैनिक मूल्यहरु - वि.सं. चैत ०४, २०८२

    प्रकाशित मिति :चैत्र ४ २०८२ बुधवार - ०८:५०:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij