Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

आज बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • 645
    Shares

    • images
    आज बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ९ सय कायम भएको छ । 

    सोमबार भने सुन प्रतितोला ३ लाख ९ हजार ५ सय रहेको थियो । यसअनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ४ सयले बढेको महासंघले जनाएको छ । 

    १० ग्राम सुनको मूल्य आज २ लाख ६५ हजार ६९० पुगेको छ भने सोमबार २ लाख ६५ हजार ३४५ कायम थियो ।

    साथै, चाँदीतर्फ पनि मूल्य बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३३५ पुगेको छ भने सोमबार प्रतितोला ५ हजार २६५ रहेको थियो । १० ग्राम चाँदीको मूल्य आज ४ हजार ५७४ पुगेको छ भने सोमबार ४ हजार ५१४ कायम  भएको थियो ।   

    प्रकाशित मिति :चैत्र ३ २०८२ मंगलवार - १०:४९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij