Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

सर्लाही ३ मा सुरुमै पाँचगुणाभन्दा बढी मतान्तरले पछि परे नारायणकाजी

सर्लाही ३ मा सुरुमै पाँचगुणाभन्दा बढी मतान्तरले पछि परे नारायणकाजी


  • 1.4K
    Shares

    सर्लाही ३ मा सुरुमै पाँचगुणाभन्दा बढी मतान्तरले पछि परे नारायणकाजी

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सर्लाही ३ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ। यो क्षेत्रमा सुरुमै नेकपाका उम्मेदवार नारायणकाजी श्रेष्ठ रास्वपाका नरेन्द्र साह कलवारसँग पछि परेका छन्। 

    कलबारले झण्डै दुई हजार मत पाउँदा श्रेष्ठले जम्मा ३५६ मत पाएका छन्। सर्लाही ३ अघिल्लो निर्वाचनमा एमालेका हरि उप्रेती विजयी भएको क्षेत्र हो। 

    हरिवनस्थित नापी कार्यालयको सभा हलमा अहिले मतगणना जारी छ। सर्लाही ३ मा एक लाख ३४ हजार ४१२ मतदातामध्ये ८२ हजार २७२ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    सर्लाही ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्र साह, नेकपाका नारायणकाजी श्रेष्ठ, नेकपा एमालेका हरि उप्रेती, नेपाली कांग्रेसका विनोद खनाललगायतका उम्मेदवार प्रतिस्पर्धामा छन्।

    प्रकाशित मिति :फाल्गुण २२ २०८२ शुक्रवार - १५:११:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij