Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

गोरखामा एकैदिन थप २२३ जनामा कोरोना संक्रमण पुष्टि, कुन पालिकामा कति ?

गोरखामा एकैदिन थप २२३ जनामा कोरोना संक्रमण पुष्टि, कुन पालिकामा कति ?


  • 10.0K
    Shares

    गोरखामा एकैदिन थप २२३ जनामा कोरोना संक्रमण पुष्टि, कुन पालिकामा कति ?

    गोरखा। गोरखामा एकै दिनमा २२३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको ६ वटा स्थानिय तहमा बिहिबार पिसिआर र एन्टिजेन परिक्षणका क्रममा २२३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो । कार्यालयका महामारी फोकल पर्सन नारायणबावु अर्यालका अनुसार गोरखा नगरपालिकामा २५ जना, आरुघाट गाउँपालिकामा ६७ जना, शहिद लखन गाउँपालिकामा ९ जना, बारपाक सुलिकोट गाउँपालिकामा ९९ जना, अजिरकोट गाउँपालिकामा ८ जना र सिरानचोक गाउँपालिकामा १५ जनामा संक्रमण देखिएको हो ।

    जिल्लामा अहिले पिसिआर र एन्टिजेन दुवै प्रविधी मार्फत कोरोना परिक्षणका लागि स्वाब लिने काम भई रहेको छ । कार्यालयले उपलब्ध गराएको रेकर्ड अनुसार पिसिआर मार्फत १३१ जनामा संक्रमण देखिएको हो भने एन्टिजेन मार्फत ९२ जनामा संक्रमण देखिएको हो ।
    त्यस्तै गोरखा नगरपालिकामा पिसिआर मार्फत १५जना महिला र ८ जना पुरुष तथा गोरखा अस्पतालमा गरिएको एन्टिजेनमा २ जना महिला र १ जना पुरुषमा संक्रमण देखिएको हो । त्यस्तै गरी आरुघाट गाउँपालिकामा पिसिआर मार्फत ३१\३१ जना महिला र पुरुषमा संक्रमण देखिएको छ भने एन्टिजेन मार्फत १ जना महिला र ४ जना पुरुषमा संक्रमण देखिएको छ ।

    संक्रमण देखिएका मध्ये सबै भन्दा धेरै बारपाक सुलिकोट गाउँपालिकामा देखिएको छ । यहाँ पिसिआर मार्फत १७ जना महिला र ३० जना पुरुष तथा एन्टिजेन मार्फत १९ जना महिला र ३३ जना पुरुषमा संक्रमण देखिएको कार्यालयले जनाएको छ । यता शहिद लखन, अजिरकोट र सिरानचोक गाउँपालिकामा भने पिसिआरको रिर्पोटमा संक्रमण नदेखिएको तर एन्टिजेन मार्फत स्वाब परिक्षण गर्दा ३२ जनामा संक्रमण देखिएको छ । जस मध्ये शहिद लखनमा ५ महिला र ४ पुरुषमा, अजिरकोटमा ३ महिला र ५ पुरुष तथा सिरानचोकमा ८ महिला र ७ पुरुषमा संक्रमण देखिएको हो । गोरखाको धेरै जसो स्थानमा समुदाय स्तरमा नै कोरोना संक्रमण फैलिसकेको छ ।

    प्रकाशित मिति :जेठ ७ २०७८ शुक्रवार - १६:१९:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij