२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । नयाँ सरकार गठनका लागि बनेको विपक्षी गठबन्धनमा सत्तारुढ नेकपा (एमाले) माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका २७ सांसदले हस्ताक्षर गरेका छन् ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई सत्ताबाट हटाउन विपक्षी गठबन्धनलाई नेपाल–खनाल पक्षले साथ दिएको हो ।
विपक्षी गठबन्धनको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने नेपाल-खनाल पक्षका २७ सांसदको हस्ताक्षर आएको कांग्रेस नेता गगन थापाले जानकारी दिए ।
विपक्षी गठबन्धन १५० सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्तिको दाबी गर्न शीतल निवास पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij