२०८२ फाल्गुण २४ गते आइतवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ २३ र २४ गतेको घटना घटाउनेहरू एकै भएको बताएका छन् । चितवनमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘सिंहदरबार त्यसैले जलायो जसले भ्रष्टाचारको अखडा बनायो । बालबालिकालाई गोली उसैले हान्यो । सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने एउटै हो ‘ उनले भने ।
सिंहदरबार चलाउने र बालबालिकालाई गोली हान्ने एउटै समूह भएको उनको जिकिर छ।उनले इतिहासले मागेको कुरा पूरा गर्नका लागि आफूहरू तयार भएर आएको पनि बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij