Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

काँग्रेस–एमाले रक्षात्मक बन्दा नेकपाप्रति जनताको विश्वास बढ्दै गएको प्रचण्डको दाबी

काँग्रेस–एमाले रक्षात्मक बन्दा नेकपाप्रति जनताको विश्वास बढ्दै गएको प्रचण्डको दाबी


  • 463
    Shares

    काँग्रेस–एमाले रक्षात्मक बन्दा नेकपाप्रति जनताको विश्वास बढ्दै गएको प्रचण्डको दाबी

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले दुई पुराना दलहरु काँग्रेस-एमाले रक्षात्मक अवस्थामा पुग्दा नेकपा प्रति जनताको विश्वास बढ्दै गएको दाबी गरेका छन् । शुक्रवार नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले यस्तो दाबी गरेका हुन्।

    अन्य पुराना राजनीतिक दलहरु रक्षात्मक अवस्थामा पुग्दा नेकपा मात्रै आक्रामक रुपमा अघि बढेको कारण जनताको विश्वास बढ्दै गएको उनको जिकिर छ । उनले नेकपाले अघि सारेका नीति, योजना र कार्यक्रमले मात्र मुलुकको स्वाधिनताको रक्षा र जनहितको पक्षमा काम गर्नसक्ने जिकिर पनि गरेका छन् ।

    उनले अबको पाँच दिन जनताको घरघरमा पुगेर सम्झाउन सके नेकपा मुलुककै पहिलो राजनीतिक दल बन्ने दाबी गरेका छन् । उनले नेकपाले निर्वाचनमा कुनैपनि दलहरुसँग तालमेल नगर्ने पनि स्पष्ट पारेका छन् ।   

    प्रकाशित मिति :फाल्गुण १५ २०८२ शुक्रवार - १५:२९:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij