२०८२ फाल्गुण २४ गते आइतवार
काठमाडौं । गोरखाको अजिरकोट गाउँपालिका–१ ताराखोलास्थित कच्ची सडकखण्डमा जिप दुर्घटनामा परेको छ । कालिका हाइड्रोपावरको सामान लाने क्रममा बिहीबार राति जिप दुर्घटना भएको हो ।
दुर्घटनामा परी जिप चालक नुवाकोटको बिदुर गाउँपालिका–६ तलेखुका ४१ बर्षीय जैबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक विशाल अधिकारीको कमान्डमा टोली घटनास्थलमा खटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij