Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

धनुषा ३ मा प्रसूति अस्पताल, रङ्गशाला र मल कारखाना बनाउने विमलेन्द्र निधीको प्रतिवद्धता

धनुषा ३ मा प्रसूति अस्पताल, रङ्गशाला र मल कारखाना बनाउने विमलेन्द्र निधीको प्रतिवद्धता


  • 1.4K
    Shares

    धनुषा ३ मा प्रसूति अस्पताल, रङ्गशाला र मल कारखाना बनाउने विमलेन्द्र निधीको प्रतिवद्धता

    काठमाडौं । नेपाली काँग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार विमलेन्द्र निधीले आफ्नो क्षेत्रको विकासका लागि स्वास्थ्य, कृषि र खेलकुदलाई मुख्य प्राथमिकतामा राखेर योजनाहरू सार्वजनिक गरे।  

    चुनावी अभियानका क्रममा बोल्दै नेता निधीले जनकपुर उपमहानगरपालिका बाहेकका अन्य तीन वटा पालिकाहरूमा महिला तथा बालबालिकाका लागि विशेष स्वास्थ्य सेवा विस्तार गर्ने घोषणा गरे । जनकपुरमा धेरै अस्पतालहरू खुलेका तर जनकपुर भन्दा दक्षिणका तीनवटा पालिकाहरूमा आफूले तीनवटा प्रसूति र तीनवटा बाल अस्पताल निर्माण गर्न चाहेको बताए।

    मधेस प्रदेश कृषि प्रधान क्षेत्र भएपनि किसानले सधैं मलको अभाव झेल्नुपरेको उल्लेख गर्दै निधीले नेपालमै मल कारखाना खोल्ने प्रतिवद्धता व्यक्त गरे । उनकाअनुसार यसबाट किसानले समयमै मल पाउने मात्र नभई स्थानीय युवाहरूले ठूलो संख्यामा रोजगारी समेत प्राप्त गर्नेछन् ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको १०० करोड अनुदानलाई यसै रङ्गशालामा खर्च गर्नेगरी समन्वय भइरहेको र जग्गाको लालपूर्जा समेत बनिसकेको उनले बताए । ऐतिहासिक धनुषाधामलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक पर्यटकीय स्थल बनाउने योजना पनि निधीले अघि सार्नुभएको छ । 

    जानकी मन्दिर र अयोध्या धाम जस्तै धनुषाधामलाई विस्तार गरी अन्तर्राष्ट्रिय लगानीकर्ताहरू भित्र्याउने उनको लक्ष्य छ । यसले धार्मिक पर्यटन मात्र नभई आर्थिक गतिविधि बढाउने र रोजगारी सिर्जना गर्ने उनको विश्वास छ । 

    जनकपुरमा जलन (बर्न) अस्पतालको अभाव रहेको महशुस गर्दै उनले एक सुविधासम्पन्न बर्न हस्पिटल निर्माण गर्ने प्रतिवद्धता समेत जनाए । आफ्नो योजना र प्रणाली कार्यान्वयनका लागि आफू प्रतिवद्ध भएर आएको बताउँदै उनले मतदाताहरूलाई मतदान गर्न अपिल गरे ।  

    प्रकाशित मिति :फाल्गुण १५ २०८२ शुक्रवार - १४:२०:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij