Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

अझै पनि निष्पक्ष चुनाव हुनेमा ओलीको शंका

अझै पनि निष्पक्ष चुनाव हुनेमा ओलीको शंका


  • 372
    Shares

    अझै पनि निष्पक्ष चुनाव हुनेमा ओलीको शंका

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको बताएका छन् । मुलुकको सार्वभौम संसद्लाई ध्वंसको माध्यमबाट बललफ्‌ती विघटन गरिए पछि देश सङ्कटतर्फ धकेलिएको उनको भनाइ छ ।

    शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको ‘बा सँग विद्यार्थी’ कार्यक्रममा उनले देशमा आई परेको सङ्कटबाट मुक्ति दिलाउन एमाले चुनावमा गएको समेत बताए । 

    एमाले चुनावबाट नभाग्ने भएकाले देशैभर चुनावमा केन्द्रित भएको उल्लेख गर्दै ओलीले आगामी चुनावबाट एमाले नै पहिलो शक्ति बन्ने र देशमा आई परेका समस्याहरूको समाधान निकाल्ने बताए । 

    चुनावलाई निष्पक्ष, धाँधलीरहित बनाउन सरकार गम्भीर नदेखिएको उनको भनाइ छ । कार्यक्रममा उनले युवाहरूलाई विभिन्न माध्यमबाट छरिने भ्रममा नपर्न र त्यस्ता भ्रमहरू चिर्ने काममा लाग्न आग्रह गरे । 

    कार्यक्रममा युवा विद्यार्थीहरूले अध्यक्ष ओली समक्ष विभिन्न जिज्ञासा राखेका थिए । उनीहरूको जिज्ञासामा ओलीले कुनै पनि पार्टीले कस्तो भूमिका निर्वाह गर्छ र के गर्छ भन्ने कुरा उसको सिद्धान्त, कार्यक्रम र एजेन्डाले निर्धारण गर्ने भन्दै एमालेका कार्यक्रम र सिद्धान्तहरू जनतासम्म पुर्याउन सुझाव पनि दिए ।

     

    प्रकाशित मिति :फाल्गुण १५ २०८२ शुक्रवार - १३:३९:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij