२०८२ फाल्गुण २४ गते आइतवार
काठमाडौं । मोरङ–३ मा गतिशील लोकतान्त्रिक पार्टी र राष्ट्रिय ऊर्जाशील पार्टीबिच चुनावी तालमेल हुने भएको छ ।
मोरङ–३ का राष्ट्रिय ऊर्जाशील पार्टीका प्रत्यक्ष उम्मेदवार भुवनकुमार वाग्ले र गतिशील लोकतान्त्रिक पार्टीकी समानुपातिक उम्मेदवार निशा राजवंशी तथा दुवै पार्टीका नेतृत्वको सहमतिमा उक्त निर्णय गरिएको हो ।
सोही निर्णय अनुसार फागुन १२ गतेदेखि संयुक्त घरदैलो अभियान सुरु गरेको गलोपाका प्रवक्ता पीयूष कायस्थले जनाएका छन् ।
राउपा नेपालका प्रत्यक्ष उम्मेदवार भुवनकुमार वाग्लेको चुनाव चिन्ह चापाकल र गलोपा समानुपातिक उम्मेदवार निशा राजवंशीको चुनावचिन्ह ब्याट्री रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij