Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

मधेस प्रदेशमा ४८१ थान इजाजत प्राप्त हतियार बुझाइयो

मधेस प्रदेशमा ४८१ थान इजाजत प्राप्त हतियार बुझाइयो


  • 617
    Shares

    मधेस प्रदेशमा ४८१ थान इजाजत प्राप्त हतियार बुझाइयो

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी गरिएको सूचनाअनुसार मधेस प्रदेशमा ४८१ थान हतियार ९बन्दुक० बुझाइएका छन् ।

    मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार निर्वाचनलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न प्रदेशअन्तर्गतका जिल्ला प्रशासन कार्यालयले गरेको सूचनापश्चात् हालसम्म उक्त सङ्ख्यामा हतियार प्राप्त भएका हुन् ।

    यहाँका आठ जिल्लामा विभिन्न व्यक्तिले दुई हजार ५३१ थान इजाजत प्राप्त हातहतियार लिएको तथ्याङ्क भए पनि हालसम्म ४८१ थान मात्र प्राप्त भएको कार्यालयले जनाएको छ । अझै दुई हजार ५० थान हतियार बुझाउन बाँकी छन् ।

    स्थानीय प्रशासनले नजिकको प्रहरी इकाइ वा जिल्ला प्रहरी कार्यालयमा हतियार बुझाउनका लागि सूचना जारी गरेका थिए । 

     

    प्रकाशित मिति :फाल्गुण १५ २०८२ शुक्रवार - १३:०९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij