२०८२ फाल्गुण २४ गते आइतवार
काठमाडौं । झापाको कमल गाउँपालिकामा चुनावी रिपोर्टिङमा पुगेका पत्रकारमाथि नेकपा एमालेका कार्यकर्ताले हातपात गरेका छन् । झापा– ५ का उम्मेदवार केपी शर्मा ओलीको घरदैलो रिपोर्टिङमा पुगेका पत्रकार अर्जुन आचार्यमाथि नेकपा एमालेका कार्यकर्ताले हातपात गरेका हुन् ।
झापाको कमल गाउँपालिकास्थित जीवन चोकमा रिपोर्टिङका क्रममा आचार्यमाथि बिहीबार दिउँसो एमालेको भोलेन्टियर्स फोर्सका व्यक्तिहरूले आक्रमण गरेको उनीसँगै रहेका पत्रकार अमृत चिमरियाले जानकारी दिएका छन् ।
पत्रकार चिमरियाका अनुसार, घरदैलोमा रहेको भोलेन्टियर्स फोर्सका कार्यकर्ता र घरदैलोमा भेटिएका महिलाहरूबीचको भिडियो खिच्न खोज्दा आचार्यमाथि हातपात भएको हो । आक्रमणबाट आचार्यको आँखा, गाला र ढाडमा चोट लागेको छ । आचार्यको मोबाइल फोनसमेत खोसेर उनीहरूले लगेका छन् ।
पत्रकार आचार्यमाथि आक्रमण गर्नेलाई तत्काल कारबाहीको दायरमा ल्याउन नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकले माग गरेकी छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij