Logo

२०८३ श्रावण २९ गते शुक्रवार

२०८३ श्रावण २९ गते शुक्रवार

काठमाडौं ललितपुरमा कामबाट फर्कँदै गरेका व्यक्तिलाई गर्यो चितुवाले आक्रमणमा

काठमाडौं ललितपुरमा कामबाट फर्कँदै गरेका व्यक्तिलाई गर्यो चितुवाले आक्रमणमा


  • 1.2K
    Shares

    काठमाडौं ललितपुरमा कामबाट फर्कँदै गरेका व्यक्तिलाई गर्यो चितुवाले आक्रमणमा
    images

    काठमाडौं । ललितपुरमा चितुवाको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन्।

    बिहीबार बेलुकी साढे ८ बजे ललितपुरको गोदावरी नगरपालिका-५ सुनारटोलमा ६१ वर्षीय रण बहादुर गर्तौलालाई चितुवाले आक्रमण गरेको थियो।

    सोलुखुम्बु घर भई सुनारटोल बस्दै आएका उनी बेलुकी कामबाट घर फर्कँदै थिए। गोरेटो  बाटोमा हिँडिरहेका उनीमाथि अकास्मात चितुवाले आक्रमण गरेको थियो। उनलाई स्थानीयले उद्धार गरेका थिए।

    घाइतेलाई बचाउने क्रममा स्थानीयले चितुवालाई मारेका छन्। घाइते गर्तौलाको लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

    चितुवा मारिएकोबारे जिल्ला वन कार्यालयसँग समन्वय भइरहेको पनि ललितपुर प्रहरीले जनाएको छ।   

    images
    प्रकाशित मिति :फाल्गुण १५ २०८२ शुक्रवार - १०:४०:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij